कला

अगस्ट १९ मा रिलिज हुने भयो अक्षयकुमारको ‘बेल बटम’

इकागज |
साउन १५, २०७८ शुक्रवार १३:३४ बजे

मुम्बई :  जुलाई २७ मा रिलिज हुने घोषणा गरेर प्रचारप्रसारमा उत्रिएको ‘बेल बटम’मा महामारीको दोस्रो वेभपछि प्रदर्शन रोक्ने पहिलो फिल्म बनेको थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि यो फिल्मले प्रदर्शन रोकेको थियो ।

बनेर पनि तयार भएका धेरै फिल्म बेलामा हलमा प्रदर्शन हुन नपाएपछि निर्माताले ओटीटी रिलिजको बाटो समात्दा अक्षयकुमारको यो फिल्म पनि ओटीटीमै रिलिज हुने सूचीको रुपमा चर्चा गर्ने गरिएको थियो । अक्षयकुमारले सामाजिक सञ्जालमा प्रदर्शन मितिको सानो क्लिप्ससहित जुलाई २७ को मिति घोषणा गरेका थिए। 


 भारतमा लकडाउन खुकुलो भएसँगै प्रदर्शन मिति घोषणा गर्नमा पनि यो फिल्म नै पहिलो बनेको छ । निर्माता पूजा इन्टरटेनमेन्टले शुक्रबार नयाँ घोषणा गर्दै अब यो फिल्म अगस्ट १९ मा रिलिज हुने बताएको छ । 

अक्षयकुमारले र एजेन्टको भूमिका निर्वाह गरेको यो फिल्ममा हुमा कुरेसी, बानी कपुर, लारा दत्ता आदि कलाकारको अभिनय रहेको छ ।  भारतका धेरै राज्यले ५० प्रतिशत अकुपेन्सीसहित हल खुलाउने निर्णय गरेका छन् । तर, हिन्दी सिनेमाको ठूलो बजार मानिने महाराष्ट्र र बिहारका हल भने अझै खुलेका छैनन् । 


Author

थप समाचार
x