कला

मंसिरको पहिलो साता नेपाल मिडिया अवार्ड हुने

इकागज |
साउन १९, २०७८ मगलवार १३:५० बजे

काठमाडौं :  दोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्यधार नमानिने अनलाइन सञ्चारमाध्यमले प्रिन्ट संस्करणलाई आच्छुआच्छु पार्न थालेको टिप्पणी आम छ ।

यता टेलिभिजनलाई पनि युट्युबले यसैगरी हायलकायल बनाइरहेका छन् । ठूलो लगानी र मेहनतका साथ टेलिभिजनमा प्रस्तुत हुने कार्यक्रममा भन्दा खेलाँची गरे जस्तो गरी तयार गरेका सामाग्रीले दर्शक ज्यादा पाउने गरेका छन् । समग्रमा अहिले नेपालको मिडियामा लोभलाग्ने परिवर्तनहरू देखिइरहेका छन् । 


नेपालको मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ गर्ने निर्णय गरेको छ । ‘नेपाल मिडिया अवार्ड २०७८’ नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरुप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो ।

एफएफ, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड ‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोेजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले जनाएका छन् ।  

निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरू सूची तयार गरी मनोनयन सार्वजनिक गरिन्छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिनेछ । 

सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल इभ’ र हालसालै फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक संघले गर्दै आएको ‘नेफ्टा’ अवार्ड आयोजना गरेको हो । 
 


Author

थप समाचार
x