कला

वर्षको अन्त्यमा बक्स अफिसमा भिड्दै आमिर खान र अल्लु अर्जुन

इकागज |
साउन १९, २०७८ मगलवार १६:२४ बजे

मुम्बई :  ‘ठग्स अफ हिन्दुस्तान’लाई बिर्सने हो भने आमिर खानको फिल्म जुन साल रिलिज हुन्छ त्यो साल सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्छ । ‘गजनी’देखि ‘पिके’सम्ममा उनले त्यो ट्रयाक रेकर्ड कायम गरेका छन् ।

दुई वर्षअघि तिहारमा रिलिज भएको ‘ठग्स अफ हिन्दुस्तान’ ले भने उनको यो इमेजमा असर पुर्याएको थियो । त्यो फिल्मपछि आमिर खान लामो समयदेखि ‘लालसिंह चढ्ढा’मा काम गरिरहेका छन् जसको सुटिङ भर्खरै लद्दाखमा सकिएको छ ।


तर, सुटिङ भर्खरै सकिए पनि आमिरले धेरै पहिले नै यो फिल्म वर्षको अन्त्य अर्थात् क्रिसमसमा लगाउने निर्णय गरेका थिए । अब यही मितिमा रहने हो भने आमिरले तेलगु स्टार अल्लु अर्जुनको ‘पुष्पा’को सामना गर्नुपर्नेछ । 

बजार फरक फरक भए पनि सामना किन गर्नुपर्नेछ भने यो फिल्म तेलगुसहित ५ भाषामा रिलिज हुनेछ जसमध्ये एउटा भाषा हिन्दी पनि हुनेछ । अल्लु अर्जुनले आमिरको हिन्दी बजारमा उति असर नगरे पनि दक्षिण भारतको बजारमा भने कडा चुनौती पेस गर्ने विश्लेषकको अनुमान छ । 

‘लालसिंह चढ्ढा’मा आमिर खानबाहेक करिना कपुर, नागा चैतन्य आदि कलाकारको अभिनय रहेको छ भने दुई भागमा गरी निर्माण गरिरहेको फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानको मुख्य भूमिका रहेको छ । फिल्ममा मलयालम स्टार फहद फासिल पनि छन् । 


Author

थप समाचार
x