कला

झापाबाट हराएका रंगकर्मी स्याङजामा भेटिए

इकागज |
भदौ २४, २०७८ बिहीबार १४:१८ बजे

काठमाडौं :  झापाको दमकबाट भदौ १९ गते राति १२ बजेदेखि परिवार र साथीहरूको सम्पर्कमा नरहेका रंगकर्मी प्रकाश दाहाल स्याङजामा भेटिएका छन् । उनले आफैं फेसबुक लाइभमा आउँदै आफू सकुशल रहेको र स्याङजा आइपुगेको जानकारी गराएका छन् । 

उनले भिडियोमा आफूले खबर नगरी हिँड्दा परिवार, साथीभाइ र आफन्तलाई परेको मार्काका लागि माफी मागेका छन् । ‘मोबाइल नबोकी हिँडेका कारण मैले जुन सास्ती दिएँ त्यसका लागि शिर निहु¥याएर माफी माग्न चाहान्छु’ उनले भनेका छन् । 


दमकको कदम थिएटरमा भइरहेको नाटकको कार्यशालामा प्रशिक्षण दिइरहेका प्रकाश मध्यरातमा कसैलाई केही नभनी बेपत्ता भएका थिए । केहीबेरमा आउँछु भनेर बेपत्ता भएका प्रकाश नफर्किए पछि थिएटरले परिवारलाई खबर गरेका थिए । परिवारले दमक प्रहरीमा निवेदन दिँदै खोजीका लागि आग्रह गरेको थियो । 

हराएपछिको दोस्रो दिन उनलाई इनरुवामा देखिएको हल्ला चले पनि पुष्टि भएको थिएन । उनी त्यताबाट पोखरा हुँदै स्याङजा पुगेका अनुमान गर्न सकिन्छ । उनले फेवातालको किनारमा बसेर लेखेको भन्दै लाइभमा ‘म हराएको हैन’ शीर्षकको कविता पनि पढेर सुनाएका थिए । उनले दमकमै दाह्री भाइको चिया पसल नामको चिया पसल पनि चलाएका थिए । तर हाल सो पसल बन्द रहेको छ । 


Author

थप समाचार
x