कला

बुबासँग झगडा गरिरहेकी ब्रिट्नीले सुटुक्क गरिन् इंगेजमेन्ट

इकागज |
भदौ २८, २०७८ सोमबार ११:११ बजे

लसएन्जल्स - बुबाको संरक्षणबाट मुक्त हुन अदालतमा लडिरहेकी ब्रिट्नीले आइतबार सुटुक्क इंगेजमेन्ट गरेकी छिन् । ब्रिट्नीले आइतबार एउटा भिडियो पोस्ट गर्दै ५ वर्षदेखि सँगै बस्दै आएका साम असघारीसँग इंगेजमेन्ट गरेको सूचना दिएकी हुन् ।

उनले भिडियोमा इंगेजमेन्ट रिङ देखाएकी छिन् र क्याम्पसनमा आफूलाई इंगेजमेन्ट गरेको कुरा पत्यार नै नलागेको बताएकी छिन् । ब्रिट्नीले भिडियो पोस्ट गरेको केही समयपछि नै असघारीले पनि ब्रिट्नीलाई चुम्बन गर्दै गरेको फोटो पोस्ट गरेका थिए । योबाहेक औठी देखिने फोटो पनि पोस्ट गरेका थिए । 


असघारीका म्यानेजर ब्रान्डेन कोहनले पनि दुवैले इंगेमेन्ट गरेको स्वीकार गरे । गत जुन २३ मा ब्रिट्नीले अदालतमा उपस्थित हुँदै आफूलाई बुबाले बन्दी बनाएको र विवाह गरेर बच्चा जन्माउन पनि अवरोध गरेको गुनासो गरेकी थिइन् ।

त्यसयता विवाद बढ्दै गएपछि केही समयअघि मात्र बुबाले आफू ब्रिट्नीको संरक्षणकर्ताको भूमिकाबाट बाहिरिन चाहेको बताएका थिए । ब्रिट्नीले असामान्य व्यवहार देखाउन थालेपछि अदालतले उनको कमाइदेखि लिएर जीवनका हरेक निर्णय बुबाको तजबिजमा हुन पर्ने निर्णय गरेको थियो । जसको ब्रिट्नीले विरोध गर्दै आएकी थिइन् । साम र ब्रिट्नी सन् २०१६ देखि एक अर्कालाई डेट गर्दै आइरहेका थिए । 


Author

थप समाचार
x