कला

सन्तोषको ‘गल्ली यही हो’ रिलिज

इकागज |
भदौ २९, २०७८ मंगलबार १४:४५ बजे

काठमाडौं - प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा 'तीन जन्तु'का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ को म्युजिक भिडियो रिलिज गरिएको छ । अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।



Author

थप समाचार
x