कला

नारायण गोपालदेखि अनमोल केसीसम्मलाई सरकारको पदक तथा अलङकार

इकागज |
असोज ३, २०७८ आइतबार ९:११ बजे

काठमाडौँ-  संविधान दिवसको अवसर पारेर सरकारले सिनेमा तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्ने घोषणा गरेको छ । आइतबार सरकारले सार्वजनिक गरेको यो सूचीमा स्वर सम्राट नारायणगोपालदेखि विष्णु माझीसम्म रहेका छन् ।

सरकारले सिनेमा क्षेत्रबाट भने गौरीमल्ल, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी दीपाश्री निरौलालाई पदक प्रदान गर्ने घोषणा गरेको छ । सरकारले नारायण गोपाललाई तेस्रो ठूलो सर्वोच्च सम्मान महाउज्जवल राष्ट्रदीपबाट सम्मान गर्ने निर्णय गरेको छ भने गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल  र स्वर्गीय गायिका रानुदेवी अधिकारीलाई सुब्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरेको छ ।  अभिनेत्री गौरी मल्लले पनि यही पदक पाउन लागेकी हुन् । शम्भुजित बास्कोटा भने कीर्तिमय राष्ट्रदीप पाउने सूचीमा छन् ।


यसैगरी सरकारले प्रबल जनसेवाश्री रमेश बुढाथोकी, हेमन्त बुढाथोकी र दीपाश्री निरौला, प्रकाश घिमिर,नवल खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । संगीततर्फ यही पदक लोक स्रष्टा चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, विष्णु माझी, कस्तुप पन्तले पाउनेछन् । 

संगीतबाटै जनसेवाश्री पदक पाउनेमा हेमन्त शर्मा, प्रकाश सपुत, नविनकुमार पौड्याल, राधिका हमाल रहेका छन् भने यही पदक अभिनेता अनमोल केसी र केकी अधिकारीलाई पनि प्रदान गर्ने सरकारको निर्णय छ । हास्य कलाकार कमल गाउँले र श्यामसुन्दर रिजाल, निर्देशक मिलन चाम्स, निर्माता राजकुमार राई, नृत्त्यांगना तेरिया फौजा मगर पनि जनसेवाश्री पदक पाउने सूचीमा छन् ।


Author

थप समाचार
x