कला

लेडी गागाको एल्बम १० वर्षपछि बिलबोर्ड चार्टमा

इकागज |
असोज ३, २०७८ आइतवार ११:२८ बजे

लसएन्जल्स : लेडी गागाको एल्बम ‘बर्न दिस वे’ १० वर्षपछि बिलबोर्ड सर्वाधिक बिक्री हुने एल्बमको सूचीमा अटाएको छ । सन् २०११ मा निस्किएको एल्बम १० वर्षपछि बिक्री हुने सूचीमा अटाएको हो । एल्बम सूचीको १० औं नम्बरमा अटाएको हो ।

१० वर्षपछि सूचीमा अटाउने कारण भने भर्खरै सार्वजनिक भएको नयाँ भर्सन हो । लेडी गागाले केही दिनअघि मात्र एक दसक पुगेको उपलक्ष्यमा सिडी र क्यासेटको नयाँ संस्करण सार्वजनिक गरेकी थिइन् । सेप्टेम्बर ३ मा सार्वजनिक भएसँगै एल्बम पहिलो हप्ता अमेरिकामा मात्र ५ हजार प्रति बिक्री भएको थियो । 


उसबेला पनि लेडी गागाको यो एल्बम स्रोताको रोजाइमा परेको थियो । सार्वजनिक भएको दोस्रो हप्ता नै यो एल्बम बिल बोर्ड चार्टको एक नम्बरमा पुग्न सफल भएको थियो । गागाले नयाँ भर्सनमा ६ वटा गीत थपेकी छिन् । ‘बर्न दिस वे’ लेडी गागाको दोस्रो एल्बम थियो । यही एल्बमको सफलताले प्रेरित भएर गागाले यही नामको फाउन्डेसन पनि सुरु गरेकी थिइन् । 


Author

थप समाचार
x