कला

नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक

इकागज |
मंसिर १२, २०७८ आइतबार १९:६ बजे

काठमाडौँ-  नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अंग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित पहिलो पटक ‘माइ सांग्रीला’ नामक भिडियो बनाइएको निर्माण पक्षले जनाएको छ ।

नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा तीर्थस्थलमा दुई वर्ष लगाएर छायांकन गरी तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख रूपैयाँ बढी रहेको बताइएकाे छ । निर्माता तथा निर्देशक सूर्य बराल रहेको भिडियोको गीतमा प्रेम  बस्नेतको शब्द छ भने सुवर्ण लिम्बुको संगीत र प्रीति कौरको स्वर रहेको छ ।


 


Author

थप समाचार
x