कला

यसकारण अलग्गिए धनुष र ऐश्वर्या

इकागज |
माघ ५, २०७८ बुधवार ९:३९ बजे

काठमाडौँ- दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन् । उनीहरुले गत सोमबार एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे ।

यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।


धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।

‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।

स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।

अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् । एजेन्सी


Author

थप समाचार
x