कला

गीतमा 'जनकपुरे रेल'

इकागज |
पुस २४, २०७७ शुक्रबार १५:३४ बजे

काठमाडाै‌ :  गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'जनकपुरे रेल' बोलको गीतमा जगत तिरुवाले र्‍याप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्‍न सकिन्छ ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् । 'सेभेन इलेभेन म्युजिक फ्याक्ट्री'को प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियो 'सेभेन इलेभेन म्युजिक फ्याक्ट्री'कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 



Author

थप समाचार
x