कला

समीर र अन्जु पन्तको ‘झम्के माया’मा स्वस्तिमाको नृत्य

इकागज |
माघ ९, २०७७ शुक्रबार १७:१६ बजे

काठमाडौं: गायक समीर आचार्य र गायिका अन्जु पन्तको स्वरमा समावेश ‘झम्के माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय छ ।

भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । यो भिडियोमा नायिका स्वस्तिमा खड्काको गज्जबको नृत्य हेर्न सकिन्छ ।


 


Author

थप समाचार
x