कला

गायक प्रमोद खरेलसँगको विवादमा विन्ध्यवासिनीको दाबी  ‘प्रतिलिपी अधिकार हामीसँगै छ’

इकागज |
माघ १४, २०७७ बुधबार १२:२६ बजे

काठमाडाै : गायक प्रमोद खरेल र म्युजिक कम्पनी विन्ध्यवासिनीबीचको विवाद अदालतमा प्रवेश गरेको छ । १५ दिन अघि प्रमोद खरेलले विन्ध्यवासिनीविरुद्ध प्रतिलिपी अधिकार हनन र यसका सञ्चालक लीना शर्मा रेग्मी र सुवास रेग्मीलाई गाली गलौजको मुद्दा दर्ता गराएका थिए । खरेलको निवेदनको आधारमा प्रहरीले यसका सञ्चालकद्धयले पक्राउ गरेको थियो ।

यसमा पनि सुवास रेग्मी फरार भएपछि प्रहरीले कम्पनी अध्यक्ष लीना शर्मा रेग्मीलाई हिरासतमा लिएको थियो । मंगलबार उनीहरू जमानतमा रिहा भएका थिए । योसँगै लीनाले कम्पनीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै विवादित गीतहरूमा कम्पनीकै अधिकार रहेको जिकिर गरेकी छिन् । उनले प्रतिलिपी अधिकार ऐनले ध्वनी अंकन उत्पादकको अधिकार ५० वर्ष सम्म रहने व्यवस्था गरेको भन्दै प्रमोद खरेलको ‘प्रणय’ एल्बमको अधिकार पनि आफूरूसँगै रहेको बताएकी हुन् ।


लीनाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘  विन्ध्यवासिनी म्युजिकसँग एल्वम ‘प्रणय’मा गायकको हैसियतमा करारमा हस्ताक्षर गरेका प्रस्तोता प्रमोद खरेल  प्रतिलिपि अधिकार ऐन अनुसार प्रतिलिपि अधिकार धनी होइनन् । गीतकार संगीतकारको गीतसँग सम्बन्धित कुनै विवाद भएमा आफै सुल्झाउने छु भनेर प्रतिलिपि अधिकार धनी ‘मानेर’ करार ऐन अनुसार एगी्रमेन्ट भएको हो । ऐन बमोजिम  प्रस्तोता स्वयं प्रतिलिपि अधिकार धनी हुन सक्दैनन् ।’

उनले एल्बममा उत्पादकको पनि उत्तिकै अधिकार रहने भए पनि प्रमोद खरेल र उनको समर्थनमा हस्ताक्षर गर्ने ५७ जना स्रष्टाले त्यो अधिकार अस्विकार गरेको पनि उनको भनाइ छ । ‘ गीतकार, संगीतकार र लगानीकर्ताको अधिकार हनन गरेर गायक मात्र लाभान्वित हुनु हुँदैन, सबैले सबैको अस्तित्व स्विकारनु पर्छ । अहिले यो विषयको कानुनी लडाइँ हो,  विन्ध्यवासिनी म्युजिकको ।

लगानीकर्तालाई हतोत्साही गर्ने र ध्वनी अंकन ऊत्पादकहरूको अधिकार छिनेर, थर्काएर, लुटेर, दुःख दिएर, धम्काएर  लिने खोज्ने सामूहिक  दुष्प्रयासका विरूद्ध कानुनी ऊपचार खोज्नु बाहेक अर्को विकल्प पनि छैन ।लीनाले सम्झौताको अवधि ५ वर्षको हुनेछ भन्ने लेखिएको भए पनि सम्झौता अवधि सकिएपछि गायक प्रमोद खरेललाई गीत फिर्ता गर्ने भन्ने नलेखिएको दाबी गरेकी छिन् । 


‘यो त ऐन बमोजिम ५० वर्ष सम्म दुवै पक्षले प्रतिलिपि अधिकार ऐनले तोके बमोजिमको भोगचलन र बिक्री वितरण गर्न पाउने र दुवै पक्षले ऐनले गरेको व्यवस्था अनुसार गर्ने हो । बरु गायकले ध्वनि अङ्कन उत्पादन र लगानीकर्ता विन्ध्यवासिनी म्युजिक प्रा.ली को अनुमति बिना ट्रयाक प्रयोग गरी विभिन्न ठाउँहरूमा प्रस्तुति दिई लाखौँ आर्जन गर्दै हिँडेर उल्टो गीतकार र संगीतकारहरूको प्रतिलिपि अधिकारको हनन गरेका छन् ।

यो हाम्रो मान्यता हो ’ विज्ञप्तिमा थप भनिएको छ । लीनाले सम्झौता अनुसार आय आम्दानीको हिस्सा सकार्ने बेहोर्ने विषयमा पनि प्रमोद खरेलले करार उल्लंघन गरेको पनि आरोप लगाएकी छिन् ।  

म्युजिक कम्पनी र स्रष्टाको लडाइँ प्रहरीमा


Author

थप समाचार
x