कला

क्लब प्लाटिनममा सविनको प्रस्तुति

इकागज |
माघ १४, २०७७ बुधवार १५:१५ बजे

काठमाडौं :  फेब्रुअरी ५ देखि दरबारमार्गमा सञ्चालनमा आउन लागेको क्लब प्लाटिनममा गायक सविन राईले प्रस्तुति दिने भएका छन् ।   क्लब संचालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुति दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली युवायुवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतिमा दर्शक झुम्ने आशा संचालकको छ ।

क्लब प्लाटिनम कोरोना महामारी अगाडि पनि सामान्य ढंगले संचालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका संचालकले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।


नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेस क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीतअनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

नेपालमा क्लब कल्चर विकास हुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा आफ्नो स्थान सुरक्षित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय कुनै पनि गीत ननिकालको सविनका ‘गुराँसको फेद मुनि’, ‘जाउँ कि बसुँ’, ‘सम्झन्छु अझै म,’ ‘तिमी नै होऊ’ आदि गीत चर्चित छन् । 


Author

थप समाचार
x