कला

फेसनमा के-पप दबदबा

सुनीता साखकर्मी |
फागुन ६, २०७७ बिहीबार ७:१६ बजे

काठमाडौँ : संसारभर थुप्रै ब्याण्ड छन् । सबैको आ-आफ्नै विशेषता पनि । तर त्यो भीडमा के-पप (कोरियन पप संगीत)ले छुट्टै पहिचान बनाएको छ । जुरुक्क पार्ने संगीत, फ्रि-स्टाइटलको नृत्य (कार्डियो व्यायाम शैली) र सरल बोलका गीत हुने भएकाले विश्वभर नै के-पपका पारखीहरू बढ्दै गइरहेका छन् ।

पछिल्लोसमय संगीतमा मात्रै नभई के-पपको चर्चा फेसनका क्षेत्रमा पनि चल्न थालेको छ । किनकि विश्वभर युवाहरूले के-पप आर्टिस्टहरूको फेसनलाई पछ्याउन थालेका छन् । मुजा परेका चेक स्कर्ट, सर्टस्देखि स्नीकर, मुटुरंगको क्रप टप्ससम्म । सुगा, क्रिम र प्याजी रंगका स्वेटरदेखि रामेन चाउचाउ खाने कचौराको प्रिन्ट गरिएको टिसर्टसम्म । बिटिएस व्याण्ड सदस्यले लगाउने बुटदेखि इएक्सओ व्याण्ड सदस्यले लगाउने बोय क्याप सम्म । तपाईंलाई थाहा छ वा छैन, के-पपले विश्वभर फेसन र स्टाइलको विशला तरंगहरू ल्याउँदैछ ।


लण्डनका कार्नेबी स्ट्रीटका युवा देखि नेपालका युवामा पनि के-पपको प्रभाव परेको छ । आफ्नो प्रिय के-पप आइकन जस्तै बन्न चाहनेदेखि उनीहरूले लगाउने जस्तै लुगा लगाउने सम्मको प्रभाव परेको छ ।

के-पप फेसन आइडलहरू 
के-पप आर्टिसटहरूको फरक फरक शैली छ । मानिस अनुसार उनीहरूको लोकप्रिय गायक/गायिका फरक हुन सक्छन् । तिमध्ये केही लोकप्रिय फेसन आइडलहरूलाई यहाँ छन् :

सेभेन्टिनका ‘दि-एट’ 
दि-एटको वास्तविक नाम सु मिङहाओ हो । दि-एटले २०१५ मा ‘सेभेन्टिन’ व्याण्डबाट लिड डान्सरका रुपमा डेब्यु गरेका थिए । अहिले उनलाई फेसन किङको पनि मानिन थालिएको छ । उनी फरक-फरक खालको पहिरन ट्राइ गरिरहन्‍छन् ।

जसलाई उनका फलोअरहरूले सहज स्विकार समेत गर्ने गरेका छन् । त्यसैले अहिले सोसल मिडियामा उनलाई फलो गर्नेको संख्या अत्याधिक छ । उनलाई लाई लाखौँ मानिसले फलो गर्छन् । सोसल मिडियामा फालो गर्नेको संख्या बढेको छ । 

रेड भेल्भेटकी ‘जोय’
जोयले २०१४ मा ‘रेड भेल्भेट’ व्याण्डबाट आफ्नो गायन यात्रा सुरु गरेकी थिइन् । उनी केही ‘के-डामा’हरूमा पनि देखिएकी छन् । जब उनको पहिरनको कुरा आउँछ, त्यो अरु भन्दा फरक हुन्‍छ । उनले ‘स्ट्रीट-स्टाइल’ देखि रनवेमा लगाउने पहिरनहरू थुप्रैले फलो गर्छन् । 

एपिंककी ‘सोन ना-उन’
एपिंक गायिकाहरूको व्याण्ड हो । यो व्याण्डकी सोन ना-उनको फ्यान फलोइङ उच्च छ । २०११ मा गायन क्षेत्रमा डेब्यु गरेकी उनको फेसन स्टाइल युनिक छ । उनलाई ट्रेन्डसेटर नै मानिन्‍छ । उनी ‘क्लासिक पिस’हरूलाई पनि ‘स्पोर्टी स्टाइल’ सँग मर्ज गर्दै पहिरिन्‍छिन् । उनका पहिरनहरू आरामदायी देखिन्‍छन् । 

बीटीएसका ‘भि’ 
बीटीएस अर्थात् बांगटान सोनियोन्डन । अंग्रेजीमा बुलेटप्रुफ बोय स्काउट्स । एकपछि अर्को हिट गीत दिँदै बीटीएसले रेकर्डहरू बनाउँदै गइरहेको छ । बीटीएसको संगीतको जादु दक्षिण कोरिया र नेपालमा मात्रै नभई संसारभर फैलिँदै गएको छ ।

केही समय अघि दक्षिण कोरियाली के-पप मेघास्टार ब्याण्डले अर्को एउटा उपलब्धि हासिल गर्‍यो । संगीतको ‘ओस्कार’ मानिने ग्रामी अवार्डको लागि के-पपबाट पहिलोपटक बीटीएसको गीत ‘डाइनामाइट’ मनोनयनमा परेको छ ।

यही व्याण्डका ‘भि’ अहिले टिनेजरहरूको आइडल हुन् । उनले बेला-बेला परिवर्तन गर्ने कपालका रंगहरूका कारण पनि उनी चर्चामा रहन्‍छन् । उनले प्रयोग गर्ने ब्राण्डका पहिरनहरू वा सामानहरू सामान्य युवाहरूले हत्तपत्त खरीद गर्न सक्दैनन् । तर उनलाई आइडल मानेर फलो गर्नेहरू भने टन्‍नै छन् । 

विगव्याङका ‘जि-ड्रागन’ 
जि-ड्रागन विगव्याङ व्याण्डका लिडर हुन् । प्राय डिजाइनरहरू उनका पहिरनहरूको आलोचना गरिरहन्‍छन् । तर पनि उनका पहिरनहरू फ्यानमाझ भने लोकप्रिय छ । उनी भन्‍छन्, ‘चिन्ता नगर । फेसनको कुनै सही उत्तर छैन ।’ 

सुन्मी 
सुन्मीले २००७ मा वन्डर गल्र्सबाट सांगीतिक क्षेत्रमा डेब्यु गरेकी थिइन् । तर २०१० मा उनले यो व्याण्ड छोडिन् । त्यसपछि उनले आफ्नो सोलो करियर अगाडि बढाइन् । ओभर साइज्ड ज्याकेट देखि हाइ वेस्टेड जिन्स र चंकी स्‍नीकरहरूका कारण उनी चर्चामा आइरहन्‍छिन् । 

आरामदायी र अनुकूल फेसन 
प्राय सबै के-पप स्टारहरू ठूला ब्रान्ड प्रयोग गर्छन् । तर तिनीहरू सडकदेखि रनवेसम्म पनि सजिलै प्रयोग गर्न सकिन्‍छन् । त्यसैले उनीहरूको स्टाइल धेरैले कपी गर्छन् । उनीहरूको पार्टी लुक, कन्सर्ट लुकदेखि एयरपोर्ट लुक वा स्ट्रीट लुकहरूको फलो गर्ने धेरै छन् । के-पप आइकनहरूले इन्स्टाग्राम, पिनटीरेस्ट लगायत थुप्रै स्थानमा आफ्नो शासन जमाउन थालेका छन् । (एजेन्सीको सहयोगमा तयार गरिएको सामाग्री) 
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x