कला

‘पिके’को सिक्वेल बन्दै, रनवीर कपुर बन्नेछन् नयाँ एलियन

इकागज |
फागुन ९, २०७७ आइतबार १६:४७ बजे

मुम्बई : ६ वर्ष अघि प्रदर्शन भएको आमिर खान अभिनीत ‘पिके’को दोस्रो भाग आउने भएको छ । निर्माता विधु विनोद चोपडाले यसको संकेत गरेका हुन् । उनले लेखक अभिजात जोशीले फिल्मको पटकथा लेखेर सक्ने बित्तिकै यसको दोस्रो भाग बन्ने जनाएका छन् । 

फिल्मको दोस्रो भागमा रनवीर कपुर रहनेछन् । फिल्मको अन्त्यमा अर्को ग्रहबाट आएका आमिर खान उतै फर्किएका थिए । यही समयमा रनवीर कपुर पृथ्वीमा झरेको देखाइएको थियो । यहीँबाट कथा अगाडि बढ्ने विश्वास गरिएको छ । तर, विधु विनोद चोपडाले सिक्वेल व्यापारिक स्वार्थले प्रेरित नभई कथाको माग अनुसार आउने बताएका छन् । उनले पैसाको लोभले फिल्म बनाउन लागेको भए ‘मुन्नाभाइ’को ५÷६ वटा सिक्वेल बन्ने पनि जनाएका थिए । 


यसैबीच फिल्मका निर्देशक राजकुमार हिरानीले रनवीर कपुरलाई नै लिएर ‘सन्जु’ निर्देशन गरेका थिए भने पछिल्लो समय उनले शाहरुखलाई लिएर नयाँ फिल्म बनाउने तयारी गरिरहेको समाचार सार्वजनिक भएका छन् ।  यतिबेला रनवीर कपुर भने ‘ब्रम्हास्त्र’को अन्तिम सेड्युल सुटिङ गरिरहेका छन् । 


Author

थप समाचार
x