कला

वसन्तको निर्देशनमा काली र अस्मिताको ‘मैना’

इकागज |
फागुन १३, २०७७ बिहीबार ११:२६ बजे

काठमाडौं :  गायक कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ । भिडियोको निर्देशन भने वसन्त अधिकारीले गरेका हुन् । ‘जानी नजानी’ निर्देशन गरेका वसन्तले थुप्रै फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन् ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको लोभलाग्दो केमेस्ट्री प्रस्तुत गरेका छन् । भिडियोलाई संकल भुजेलले छायांकन गरेका हुन् भने  कृष्ण भण्डारी एन्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।


रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
 


Author

थप समाचार
x