कला

दर्जन स्रष्टालाई नातिकाजी पुरस्कार तथा सम्मान

इकागज |
फागुन १८, २०७७ मंगलबार १०:३१ बजे

काठमाडौं :  संगीतकार नातिकाजी श्रेष्ठको ९४आंै स्मृति दिवसको अवसरमा स्रष्टा तथा पत्रकारलाई सम्मान प्रदान गरिएको छ । राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा नातीकाजी स्मृति समाजले सोमबार गीतकार, संगीतकार तथा रंग पत्रकारलाई सम्मान गरेको हो । 

समारोहमा नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६ बाट गीतकारहरू बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकारहरू राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भएका छन् ।


सो अवसरमा नेपाल समााचारपत्रका समाचार सम्पादक तथा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत गरेकी छिन् । उनीसँगै रंग पत्रकार श्याम स्मृत पनि यही पुरस्कारबाट पुरस्कृत भएका छन् ।  

त्यसै गरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट गायक गायिकाहरू सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र  गीतकार दयाराम पाण्डे पुरस्कृत भएका छन् ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट संगीतकार वसन्त सापकोटा,  गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भएका छन् । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६ बाट वाद्यवादक जीवीत जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६ बाट शास्त्रीय संगीतकार विकास नाथ योगी,  नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६ बाट लोक गायक बद्री पंगेनी, राष्ट्रिय सम्मान २०७६ बाट समाजसेवी नवराज केसी सम्मानित भएका छन् भने बालगायिका जारा रीत प्रसाइलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

संगीतकर्मी र पत्रकारलाई राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए। समारोहमा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा संगीतवद्व गीत गाएर सुनाएका थिए ।

सो अवसरमा गायक सुगम पोखरेलले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, जारारीत प्रसार्ईले ‘शुभकामना भरी’, सुरज थापाले ‘नजाउ छोडी यो देश’, गायिका प्राश्ना शाक्यले ‘काली पारी दाइ कति राम्रो’ र मेलिना राईले ‘पुूmलको थुंगा’ बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  सम्मानित तथा पुरस्कृतहरूलाई बधाई ज्ञापन गर्दै नेपाली संगीत आकाशका उज्वल नक्षत्रका रुपमा रहेका स्व. नातिकाजीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नातिकाजीको नाममा स्थापित पुरस्कार नितान्त पारिवारिक स्रोत साथी भाइ र शुभ चिन्तकको सहयोगबाट अगाडि बढिरहेको जनाउँदै उनले यस पटकदेखि महानगरपालिकाबाट अक्षयकोष राख्ने निर्णय भएको जानकारी गराए ।

बाँसकोटाले नातीकाजीको चावहिलस्थित घर वरिपरी उनी हिड्ने गरेको मार्गलाई नातिकाजी मार्ग घोषणा गर्न सरकारलाई आग्रहसमेत गरेका थिए । 


Author

थप समाचार
x