कला

मैथिली मिठास

‘राजनीतिक आडमा मैथिली भाषालाई विभाजित गर्न खोजियो’

सुभाष कर्ण |
फागुन २१, २०७७ शुक्रबार १३:७ बजे

जनकपुरधाम : मैथीली साहित्यकारहरूले राजनीतिक आडमा मैथिली भाषालाई विभाजित गरिदै आएको आरोप लगाएका छन् । शुक्रवार जनकपुर साहित्य महोत्सवको तेश्रो दिनको पहिलो सत्रमा आयोजित 'मैथिली मिठास' शीर्षकमा साहित्यकारहरूबीच भएको बहसमा वक्ताहरूले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा मैथिली साहित्यकार परमेश्वर कापडीले भने, ‘देशकै सबैभन्दा पुरानो र आफ्नै लिपि र साहित्य भएको भाषा मैथिली हो , तर राजनीतिक आडमा यसलाई भोजपुरी, अवधी, बज्जिका र मगहीलगायतका नया-नयाँ नाम दिई विभाजित गरिदैछ ।’ उनले भाषालाई मात्र होइन क्षेत्रलाई समेत राजनीतिकर्मीहरू भोट बैंकको रूपमा प्रयोग गर्न मिथिलालाई मधेश, भोजपुरा र थारुवानलगायमा विभाजित गरेको आरोप लगाए ।


कार्यक्रममा साहित्यकार करुणाले झाले करीब ११ शताब्दीको इतिहास बोकेका मैथिली भाषालाई राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रूपमा राखेको बताइन् । मातृभाषाको राष्ट्रिय भाषाको सूचीमा राख्नुपर्नेमा मातृभाषाको रूपमा राखेका छन् । यसलाई पनि कार्यान्वयनमा ल्याउन नसकेको उनको भनाइ छ । ‘प्रदेश भित्रका हरेक मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने भनिएको छ,’ उनले भनिन्, ‘तर हालसम्म यो कुरा कागजमै सीमित छ ।’

कार्यक्रममा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले दक्षिण एशियामै सबैभन्दा बढी मिठास भएको मैथिली भाषा संरक्षण आभावमा विभाजन गर्न खोजिएको बताए । उनले भने, ‘दक्षिण एशियामा भाषाको जननी संस्कृतपछि मैथिली भाषाकै दोश्रो लिपी हो । तर आधुनिकतासंगै यसको विकास गर्न नसकिएको कारण विलिन हुने अवस्थामा पुगेको छ ।’ मैथिली भाषा लिपिको विकासका लागि प्रविधिसँग जोड्न कम्प्युटर फन्टको विस्तार गर्नुका साथै विद्यालयमा पठनपाठनको प्रयोगमा ल्याउनु पर्ने उनले बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x