कला

पोखराको ‘किंग्स’मा कालीका गीत

इकागज |
चैत ३, २०७७ मंगलबार १७:२२ बजे

काठमाडौं : गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउन्जमा बुधबार साँझ गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स र किंग्स लाउन्जले संयुृक्त रुपमा आयोजन ागर्न लागेको कार्यक्रममा काली आफ्नो व्यान्डसहित गुञ्जन लागेका हुन् ।

कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्यान्डसँग प्रस्तुत हुन लागेका हुन् । ‘दुई वर्षपछि पोखरामा व्यान्डसँग गीत गाउदैछु । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीले भने ।


कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दश बढी गीत गाउनेछन् । कार्यक्रमका लागि काली पोखरा पुगिसकेका छन् ।
 


Author

थप समाचार
x