कला

विदेश जाने नियतिको कथामा ‘लालुमै’

इकागज |
चैत ५, २०७७ बिहीबार १७:४५ बजे

काठमाडौं :  विदेश जानु पर्ने बाध्यता र नियतिमाथि हजारौं गीत बनेका छन् । यसरी बनेका केही गीत कालजयी पनि छन् । तर, वैदेशिक रोजगार नेपालीको यस्तो विडम्बना हो कि यसले सिर्जना गरेका कथामा जति गीत लेखे पनि सान्दर्भिक नै हुन्छन् ।

यही परिप्रेक्षमा रहेर संगीतकर्मी मनोवादले पनि ‘लालुमै’ बोलको गीत सार्वजनिक गरेका छन् । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतले पनि विदेशमा गएको श्रीमान् र देशमा रहेकी श्रीमतिको प्रतीक्षाको घडीलाई जिवन्त प्रस्तुत गरेको छ । 


सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा प्रमिला खनाल र आर्जेश रेग्मीले वैदेशिक रोजगारीले छुटाएको जोडीको रुपमा अभिनय गरेका छन् । भिडियोमा गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी लगायतको पनि अभिनय छ ।

ह्वाइट म्यूजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियोको निर्देशन भने रंगकर्मी प्रवीन खतिवडाले गरेका हुन् । उनले रंगकर्मको सिप प्रस्तुत गर्दै विदेशका दृश्यलाई पनि देशमै खिचेर पनि कथा बुझाउन सफल भएका छन् । बुधबार गीत सार्वजनिक कार्यक्रमलाई संघीय सांसद घनश्याम खतिवडाले पनि सम्बोधन गरेका थिए । त्यसैगरी गीत सार्वजनिक कार्यक्रममा सौगात मल्ल, प्रमोद अग्रहरी, वर्षा राउत आदि कलाकारको पनि उपस्थिति थियो ।  


 


Author

थप समाचार
x