कला

म्युजिक भिडियो मेकरको घेराबन्दीमा पल

इकागज |
चैत १३, २०७७ शुक्रबार ११:३० बजे

काठमाडौं : केही दिनअघि म्युजिक भिडियो बनाइरहेको केन्द्र मोसन पिक्चर्सले पल शाह र मलिका महतलाई अरुको म्युजिक भिडियोमा एक साथ अभिनय गर्न नपाउने सर्त राखेको समाचार आयो । पल र मलिकालाई राखेर यो युट्युब च्यानलले बनाएका दुई गीत चलेपछि उनीहरूले दुवैलाई सम्झौतामा बाँधेका हुन् ।

तर, असली कारण म्युजिक भिडियो भन्दा पनि केन्द्रले यी दुईलाई लिएर फिल्म बनाउने तयारी गरिरहेको छ । आफूले फिल्ममा प्रस्तुत गर्न लागेको जोडीलाई अरुले म्युजिक भिडियोमा खेलाएर बासी नबनाउन् भन्ने मनसायले उनीहरूले यस्तो सम्झौता गरेका हुन् । चलेको गाइँगुइँ अनुसार केन्द्रले चाँडै नै पल र मलिकालाई लिएर फिल्मको घोषणा गर्दैछ । 


यता शुभ मिडियाका नाममा म्युजिक भिडियो बनाइरहेका सरोज ओलीले पछिल्ला दिनमा पल शाहलाई लिएर म्युजिक भिडियो बनाइरहेका छैनन् । उनको क्याम्पमा कहिले सुधिर श्रेष्ठ त कहिले पुष्प खड्का देखिन थालेका छन् ।

बिहीबार मात्र सार्वजनिक भएको एउटा गीतमा पुष्प र सागर लम्सालले अभिनय गरेका छन् । तर, शुभ मिडियाको पकेटका कलाकार पल पछिल्लो समय म्युजिक भिडियोमा नदेखिने कारण छ, शुभ मिडियाले पनि उनैलाई लिएर फिल्म बनाउने तयारी गरिरहेको छ ।

शुभ मिडियाका प्रमुख सरोज ओलीले शुक्रबार त यसको घोषणा नै गरिसकेका छन् । उनले कोरियोग्राफर विक्रम स्वारको निर्देशन रहनेगरि फिल्म घोषणा गर्न लागेका हुन् । फेसबुकमा लेखेको स्ट्याटसमा उनले कलाकार केही दिनमा सार्वजनिक गर्ने बताएका छन् तर स्रोत भन्छ, यसमा पनि मुख्य कलाकार पल नै हुन् । 

म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा आएका पलले फिल्ममा त खासै प्रभाव पार्न सकेका छैनन् । तर म्युजिक भिडियोमा भने एकै खालको नृत्य र भावभंगिमा दोहो¥याइरहँदा पनि म्युजिक भिडियो निर्माताले रुचाएकै छन् ।

गीत त के कुरा भो र ? जुन गीतको स्वर÷संगीत बलियो छ त्यो पल नहुँदा पनि चलेकै छ , जसमा गीत÷संगीत कमजोर छ त्यो पल हुँदा पनि ५० हजार भ्युज कट्न मुस्किल परेकै छ । म्युजिक भिडियोका कारण फिल्म बनाउनेले पललाई फिल्ममा लिने कल्पना गर्नै छाडिसके । भएन अब म्युजिक भिडियोवाला आफैं फिल्म बनाउने ? अब त पललाई नचिताए पनि भो !


Author

थप समाचार
x