अटो

सेगवे-नाइनबटको नयाँ ई-स्कुटर सार्वजनिक

इकागज |
माघ २९, २०७९ आइतबार १५:१६ बजे

काठमाडौँ- सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आइ.हब प्रालिले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । नाइनबट एन१०० एन सिरिज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर रहेको आइ.हब प्रालिको दाबी छ ।

एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आइ.हब प्रालिले जनाएको छ ।


सेगवेले ग्राहकहरूको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नका लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ ।


Author

थप समाचार
x