नयाँ वर्षमा सुजुकी किन्नुहोस् क्यासब्याक पाउनुहोस्
काठमाडौँ- सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, नयाँ वर्ष २०८१ क्यास पाउने एक्कासी योजना ल्याएको छ ।
यस वर्ष सुजुकीले ल्याएको नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै थप स्क्र्याच कार्ड क्यासमार्फत पाउनेछन् ।
नगद छुट एक लाख रूपैयाँसम्म क्यास एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सक्ने जनाएको छ । फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरूले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।
साधारणको पहुँचमा पुग्ने मोटरसाइकल जस्तै जिक्सर २५०, जिक्सर १५०, इन्ट्रुडर हायते स्कुटर एभेनिस १२५, बर्गम्यान १२५, पहुँच १२५ को उत्पादन गदै आइरहेको छ । यो योजना चैत १४, २०८० देखि जेष्ठ १८, २०८१ साल सम्म लागु हुने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया