बैंक-वित्त

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

इकागज |
जेठ ९, २०७९ सोमवार १९:१४ बजे

काठमाडौँ– नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको शनिबारको विशेष सधारणसभाले उनलाई नियुक्त गरेको हो । 

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए । नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि उनी नबिल बैंकको सीईओ नियुक्त भएका हुन् ।


ढुंगानाले एनबी बैंकलाई नबिलसँग मर्जर गराउने प्रक्रियामा भूमिका खेलेका थिए । असार अन्तिममा दुबै बैंकको मर्जर सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्ने तयारी छ । 
 


Author

थप समाचार
x