बैंक-वित्त

'सेयर धितोकर्जामा १२ करोडको सीमा कायम राख्‍ने पक्षमा छैनौं'

इकागज |
भदौ १३, २०७९ सोमबार २१:१५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् । उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए ।


डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे । उनले राष्ट्र बैंकको लागि सेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै सेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको सुरुवात हुनुपर्ने बताए । उनले विधि, सेवनका नियमहरु भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले सेयर कारोबारको लागि बैंकको कर्जा शून्य गर्न नसकिने जिकिर गरे । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले सेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए । उनले अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो भएको बताए ।

डा.श्रेष्ठले समग्र पुँजी बजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको उल्लेख गरे ।

 


Author

थप समाचार
x