बैंक-वित्त

मुलुकको अर्थतन्त्र सहज बन्दै

इकागज |
भदौ १८, २०७९ शनिबार १७:४ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए ।


अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाइ थियो ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौं । तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ । हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौं भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन । सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ । यस अर्थमा सकारात्मक कुराहरू आइराखेका छन । पर्यटन गत वर्ष भन्दै पछिल्लो ६ महिनामा दोब्बर आएका छन । केही बस्तुहरूको निर्यात बढेर गएका छन् ।’

केही बस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रूपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए । उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याए ।  


Author

थप समाचार
x