बैंक-वित्त

कुमारी बैंकको ऋणपत्र निष्कासन

इकागज |
भदौ १९, २०७९ आइतबार ११:४५ बजे

फाइल फोटो

काठमाडौंँ - कुमारी बैंकले ऋणपत्र निष्कासन निष्काशन गरेको छ। बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ । 

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।


जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।


Author

थप समाचार
x