बैंक-वित्त

सहकारीकाे छवि सुधार्न लेखा समिति सदस्यमा सापकाेटाकाे उम्मेदवारी

इकागज |
पुस १५, २०७९ शुक्रबार १७:२५ बजे

काठमाडौँ- राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन केशवप्रसाद सापकोटाले अनुरोध गरेका छन् । उनी सहकारी क्षेत्रमा दुई दशकदेखि सक्रिय रुपमा काम गरिरहेका छन् ।

विकु बचत तथा ऋण सहकारीमा उनी निर्वतमान अध्यक्षसमेत हुन् । सापकोटा विकूमा स्थापना कालदेखि रहेका छन् ।


सहकारी संस्थाको इमेज खराब हुँदै गएकाले त्यसलाई सुधार्न पनि सदस्यमा उम्मेदवारी दिनुपरेको सापकोटाले बताए । ‘सञ्चालकहरूले विभिन्न ठाउँमा बचतकर्ताको पैसा खाएर भागे भन्ने आरोप छ । त्यस्ता आरोपलाई न्यूनीकरण गरी शुद्धीकरण गर्नुपर्नेछ,’ उनले भने ।

सहकारीहरू नीति र विधिले चल्नुपर्ने सापकोटाले माग राखेका छन् । सहकारीमा आर्थिक सुशासन हराउँदै गएकाले सुशासनलाई मुख्यतया प्राथमिकतमा राख्नुपरेको उनले बताए ।

ग्रामीण र सहरी भेगमा बसोबास गर्ने गरिबहरूको वित्तीय पहुँच पुर्याउनु मुख्य दायित्व रहने काम गर्ने उनले बताए । सहकारीले निम्न तहका मानिसहरूलाई घरदैलो सेवा अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

शनिबार पुस १६ गते हुने निर्वाचनम उनीसहित चारजना प्रतिस्पर्धी लेखा समितिको सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

सापकोटासँग संयुक्त राष्ट्रसंघको सहकारी खाद्य विभागमा विज्ञको रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रिय सहकारी बैंकमा १५ हजार ८ सय सहकारी संस्था आवद्ध छन् । तिनका पदाधिकारीले सञ्चालक तथा लेखा समितिका सदस्य चयन गर्ने छन् । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको छ । देशभरका विभिन्न स्थानमा ५७ वटा शाखा छन् ।

 

 

 

 


Author

थप समाचार
x