बैंक-वित्त

वेलकाका लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग गर्दै स्थानीय आन्दोलित

इकागज |
पुस १७, २०७९ आइतबार १८:७ बजे

उदयपुर- उदयपुरको वेलका नगरपालिकामा संचालित लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।

उनीहरूले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुससहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउँदै लघुवित्त वित्तीय संस्थाहरूको खरेजीको माग राखेका हुन् ।  


प्रदर्शनमा सहभागीहरूले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरूलाई नै चर्को रूपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन् ।

उनीहरूले आफूहरूलाई कर्जा चुक्ता गर्न नसके मर्न वा शरीर बेचेरै भए पनि कर्जा तिर्न धम्की दिने गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।

बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पुवासी महिला पुरुषले संयुक्त रूपमा संघर्ष समिति निर्माण गरी आन्दोलन सुरु गरेका छन् । 


Author

थप समाचार
x