बैंक-वित्त

सहकारीकाे छवि सुधार्न सञ्चालक समिति सदस्यमा वनको उम्मेदवारी

इकागज |
पुस २१, २०७९ बिहीबार १९:३३ बजे

काठमाडौँ- शान्ति जनकल्याण बहुद्देश्यीय सहकारीको सञ्चालक सदस्यमा निर्वाचित गराउन राजन वन (छवि)ले अनुरोध गरेका छन् । उनी सुनसरी इटहरी उपमहानगरपालिका २० मा अवस्थित सहकारीमा डेढ दशकदेखि सक्रिय सदस्य छन् ।

सहकारी संस्थाको इमेज खराब हुँदै गएकाले त्यसलाई सुधार्न पनि सदस्यमा उम्मेदवारी दिनुपरेको वनले बताए । 'यसअघिका सञ्चालकहरूले सन्तोषजनक काम नगरेकाले उम्मेदवारी दिनुपरेको छ । त्यस्ता आरोपलाई न्यूनीकरण गरी शुद्धीकरण गर्नुपर्नेछ,’ उनले भने ।


वनले सहकारी नीति र विधिले चल्नुपर्ने माग राखेका छन् । सहकारीमा आर्थिक सुशासन हराउँदै गएकाले सुशासनलाई मुख्यतया प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

सञ्चालक सदस्यमा निर्वाचित भएपछि ग्रामीण र सहरी भेगमा बसोवास गर्ने निम्न वर्ग आय भएको समूहलाई वित्तीय पहुँच पुर्याउने गरी काम गर्ने उनले बताए । सहकारीले निम्न तहका मानिसहरूलाई घरदैलो सेवा अभियानलाई तीव्रता दिने उनको भनाइ छ ।

शनिबार पुस २३ गते हुने निर्वाचनमा उनीसहित २३ प्रतिस्पर्धीले सञ्चालक समितिको सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

 

 

 

 


Author

थप समाचार
x