बैंक-वित्त

देशकै ठूलो बैंक बनेपछि हाम्रो जिम्मेवारी झनै थपियोः चन्द्र ढकाल

इकागज |
पुस २३, २०७९ शनिवार १४:४२ बजे

काठमाडौँ- ​ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् ।​

शनिबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको वाकथनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।


पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । उनले देशकै ठूलो बैंक भएपछि आफूहरूले बैंकिङ क्षेत्रमा करिब १० प्रतिशत हिस्सा लिने बताए । उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुसीको कुरा भएको पनि उल्लेख गरे ।

ढकालले आगामी दिनमा बैंकका सेवा बविस्तार गरी, चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकका रूपमा डिपोजिट वा व्यवसाय गर्नका लागि लगानी दिने बैंकका रूपमा अघि बढाउने उनकाे भनाइ छ ।

दुई बैंकहरूको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कूल निक्षेप ४०८ अर्ब रुपैयाँ, कूल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुका तर्फबाट २ जना रहनेछन् ।


Author

थप समाचार
x