बैंक-वित्त

हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९% ले बढ्याे

इकागज |
माघ ८, २०७९ आइतबार १३:२४ बजे

काठमाडौं । हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेडकाे​ नाफा २६.३९ प्रतिशतले वृद्धि भएको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा आइपुग्दा यसको नाफा बढेकाे हाे ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २ दशमलव ३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो । खुद ब्याज आम्दानी पनि ५३ दशमलव ९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । 


चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३ दशमलव ५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात ०.९४ प्रतिशतबाट बढेर २४.१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ । 


Author

थप समाचार
x