बैंक-वित्त

मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुँदै: गभर्नर अधिकारी

इकागज |
माघ १२, २०७९ बिहीबार १७:० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलता सुधार हुँदै गएको बताएका छन् । 

बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा सरस्वतीको मन्दिर उद्घाटन गर्दै गभर्नर अधिकारीले विगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्था गत असोजदेखि सुधार भएको र त्यसको सकारात्मक असर तरलतामा परेको बताए । 


उनले शोधनान्तर अवस्था र तरलतामा सुधार हुँदै गएकाले नै व्याजदर घट्दै गएको र छिटै कर्जामा पनि यसको असर देखिने धारणा राखे । २ करोड भन्दा कम ऋण लिने साना व्यवसायीहरूलाई बेस रेटमा दुई प्रतिशत भन्दा बढी थप लिन नमिल्ने व्यवस्था राष्ट्र बैँकले गरेको उनले बताए । अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोबारमा जोड्ने अभियान सुरु गरिएको जानकारी दिए । 

चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित ज्योति माध्यमिक विद्यालयमा चौदण्डीगढी वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारी दम्पतीले करिब १५ लाखको लागतमा सरस्वती मन्दिर निर्माण गरिएको हो । 


Author

थप समाचार
x