बैंक-वित्त

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

इकागज |
चैत १३, २०७९ सोमबार १०:३९ बजे

काठमाडौँ- आफ्ना ग्राहकहरूलाई स्वदेशमै स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले नेसनल प्याथ ल्याबसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शूल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन-हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्समा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।


Author

थप समाचार
x