बैंक-वित्त

सनराइज बैंकले गर्‍याे एक सय स्थानमा वित्तीय साक्षरता कार्यक्रम

इकागज |
चैत १४, २०७९ मंगलबार १४:६ बजे

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा एक सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । आफ्ना देशभरका शाखाहरू र सामाजिक संजालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ । 

कार्यक्रम अन्तर्गत बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरूलाई समावेश गरी देशभरीका विभिन्न एकसय स्थानका युवाहरूलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।


यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने बैंकको विश्वास छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x