बैंक-वित्त

नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

इकागज |
जेठ २६, २०८० शुक्रवार १५:५१ बजे

काठमाडौँ- नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टबीच बिलिङमा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सकिने बैँकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x