बैंक-वित्त

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक  ‘कार्डलेस’ सेवा सुरु

इकागज |
साउन ३०, २०८१ बुधबार १७:५२ बजे

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ ।

बैंकहरुका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरेर बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ ।


अब दुबै बैंकका ग्राहकहरूले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ ।

 


Author

थप समाचार
x