सनराइज बैंकले ८.२८ प्रतिशत लाभांस बाढ्ने
काठमाडौं : सनराइज बैंकले आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको १३औं वार्षिक साधारणसभा पुस २४ गते बस्ने तय भएको छ । सञ्चालक समितिले चुक्ता पुँजीको २.४८ प्रतिशत नगद लाभांस र ५.८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।
यसअनुसार नगद लाभांस २२ करोड २४ लाख १ हजार सात सय २३ रुपैयाँ र बोनस सेयर ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।
२०७७ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको वासलातको आकार गत वर्षको तुलनामा २२.९२ प्रतिशतले बढेको छ । यो १ खर्ब १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । निक्षेपतर्फ २०.२९ प्रतिशतले बढेको छ भने कर्जा १९.१२ प्रतिशतले बढेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया