बैंक-वित्त

बैंक अफ काठमाण्डूको डिबेञ्चर भर्ने आज अन्तिम दिन

इकागज |
मंसिर २९, २०७७ सोमबार ११:४५ बजे

काठमाडौं : बैंक अफ काठमाण्डू (बीओके)को ऋणपत्र ८.५ प्रतिशत बि ओके डिबेञ्चर २०८६' का लागि आवेदन दिने म्याद आज सकिने भएको छ । सोमबार साँझ बैंकिङ समय सकिएपछि डिबेञ्चर बिक्री बन्द गर्ने कम्पनीले जानकारी दिएको हो ।

दश वर्षअवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुलाएको थियो । प्रति डिबेञ्चर १ हजार रुपैयाँ अंकित मूल्यका १६ लाख कित्ता खुलेको थियो ।


१ अर्ब ६० करोड रुपैयाँमध्ये ६ लाख ४० हजार कित्ता अर्थात कुल ६४ करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि बिक्री भइरहेको छ । गत मंसिर २४ मा बिक्री खुल्ला गरिएको थियो । यसको निष्कासन तथा बिक्री प्रबन्धक  नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।


Author

थप समाचार
x