बैंक-वित्त

वित्तीय क्षेत्रमा तरलता संकट

पहिलो त्रैमासमा ६३ अर्ब ७४ करोड रुपैयाँले निक्षेप बढ्यो तर ऋण २७८ अर्ब रुपैयाँ

इकागज |
कात्तिक ७, २०७८ आइतबार १३:३० बजे

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप ६३ अर्ब ७४ करोड रुपैयाँले बढ्दा ऋण भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । असार मसान्तको तुलनामा असोज मसान्तसम्म ऋण साढे सात प्रतिशतले बढेको छ, गत वर्ष सोही अवधिको तुलनामा ५० प्रतिशतले बैंकको ऋण बढेको छ तर निक्षेप भने असारको तुलनामा जम्मा साढे १ प्रतिशतले मात्र बढेको छ । 

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार अहिले कर्जा– निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ । यसअघि कर्जा –स्रोत (निक्षेप र प्राथमिक पुँजी योग)को ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो । कर्जा –निक्षेप अनुपातसम्बन्धी नयाँ व्यवस्थासँगै अहिले बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव भएको छ । दोस्रो त्रैमासदेखि बैंकहरूको ऋणविस्तार नगन्य छ । 


पहिलो त्रैमासमा सबैभन्दा बढी ऋण विस्तार गर्नेमा ग्लोबल बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यिनीहरूले क्रमशः २३ अर्ब २० करोड रुपैयाँ, १६ अर्ब ४८ करोड रुपैयाँ, १५ अर्ब ४० करोड रुपैयाँ ऋण विस्तार गरेका छन् । १३ बैंकको ऋण विस्तार १० अर्ब रुपैयाँभन्दा बढी छ भने मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु, सिभिल र नेपाल बंगलादेश बैंकको ऋण विस्तार ५ अर्ब रुपैयाँभन्दा कम छ । 

त्यस्तै, पहिलो त्रैमासमा १० अर्ब रुपैयाँभन्दा धेरै निक्षेप संकलन गर्नेमा सनराइन बैंकले २१ अर्ब ९० करोड रुपैयाँ, सानिमा बैंकले १३ अर्ब ६ करोड रुपैयाँ, एनसीसी बैंकले ११ अर्ब ४० करोड रुपैयाँ, एनआइसी एसियाले ११ अर्ब १९ करोड रुपैयाँ र नबिल बैंकले १० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २७ वाणिज्य बैंकमध्ये आठओटा बैंकको निक्षेप पहिलो त्रैमासमा घटेको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकको निक्षेप असारको तुलनामा असोजमा अझै घटेको छ । 

बैंक

 निक्षेप (अर्ब रुपैँया)

 ऋण (अर्ब रुपैँया)

 साउन-असोजको निक्षेप (अर्ब रुपैँया)

 साउन-असोजको कर्जा प्रवाह (अर्ब रुपैँया)

राष्ट्रिय वाणिज्य बैंक

 २४१.८९

 २११.४०

 -२४.२६

 १५.४०

नबिल बैंक

 २३१.१४

 १५७.५८

 ३.१२

 १६.४८

एनआइसी बैंक

 ३११.४४

 २७७.८५

 ११.१९

 १३.०१

सानिमा बैंक

 १४३.९४

 १३२.१४

 १३.०६

 ९.४५

सिद्धार्थ बैंक

  १९२.२०

 १८०.८६

 ७

 १५.१८

एनबी बैंक

 ८०.१४

 ७४.५४

 -९.२४

 २.९६

प्रभु बैंक

 १६८.३४

 १४५.९२

 -१.३९

 ३.६६

नेपाल बैंक

 १७३.६१

 १५७.५८

 १०.०५

 १६.४८

नेपाल इन्भेष्टमेन्ट बैंक

 १७२.७२

 १७३.६२

 -३.३३

 ४.२५

प्राइम बैंक

 १६४.४३

 १५०.८०

 ४.२४

 ७.८२

एभरेष्ट बैंक

 १६४.४८

 १४४.०७

 ३.५८

 ९.१२

कृषि विकास बैंक

 १५३.४१

 १६५.७८

 -९.५५

 १४.३१

ग्लोबल आइएमइ बैंक

 २७७.०५

 २६५.७१

 -६.३०

 २३.२०

एनएमबी बैंक

 १७५.६७

 १७२.८२

 ९.२१

 १४.७८

माछापुछ्रे बैंक

 १३४.६५

 १२८.३४

 ०.१६

 ११.९७

स्ट्याण्डर्ड चार्टर्ड बैंक

 ९४.०२

 ८३.७१

 -१.९७

 ११.१२

मेगा बैंक

 १४८.२७

 १४४.९३

 २.९८

 ४.९६

कुमारी बैंक

 १६६.३४

 १५७.६२

 ९.१६

 ११.०३

बीओके

 १०४.३५

 १०४.६५

 ०.०३

 ५.३३

हिमालयन बैंक

 १५०.९०

 १४५.८२

 १.५१

 १२.९६

लक्ष्मी बैंक

 १२०.६४

 ११७.३५

 ३.०४

 ८.०६

सनराइज बैंक

 १३२.०८

 ११८.६५

 २१.९०

 १५.२७

सिटीजन्स बैंक

 १४५.६०

 १३२.७५

 २.६०

 ९.११

एनसीसी बैंक

  १२२.२०

 ११४.३०

 ११.४०

 १३.२९

नेपाल एसबीआइ बैंक

 १०७.८४

 १०९.२९

 १.६२

 ७.७१

सिभिल बैंक

 ९४.५९

 ८६.१०

 ४.२५

 ३.०६

सेञ्चुरी बैंक

 ९६.७१

 ८७.२१

 -०.३२

 ५.९१


Author

थप समाचार
x