बैंक-वित्त

राष्ट्र बैंकले पाँच फाइनान्सलाई कारबाही गर्‍यो

ललितपुर फाइनान्सलाई चार शीर्षकमा हर्जाना

इकागज |
कात्तिक ७, २०७८ आइतबार १८:३ बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले पाँच ओटा फाइनान्स (वित्त) कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गैर–स्थलगत सुपरिवेक्षणका आधारमा अनिवार्य नगद मौज्दातको व्यवस्था उल्लंघन, तोकिए अनुसार विपन्न वर्ग कर्जा प्रवाह नगरेको र कर्जा–स्रोत (निक्षेप र प्राथमिक पुँजी योग) सम्बन्धी नियामकीय व्यवस्था अनुसरण नगरेको भन्दै कारबाही गरेको हो । 

समृद्धि फाइनान्स र गुडविल फाइनान्सलाई अनिवार्य मौज्दातको नियामकीय व्यवस्था उल्लंघन गरेकोले र ललितपुर फाइनान्सलाई कर्जा–स्रोत अनुपातको नियामकीय व्यवस्था पालना नगरेकोमा कारबाही गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै ललितपुर फाइनान्सले आर्थिक वर्ष २०७७–७८ मा पहिलो, दोस्रो र तेश्रो त्रैमासमा पनि तोकिए अनुसार विपन्न वर्ग कर्जा प्रवाह नगरेकोमा केन्द्रीय बैंकले हर्जाना तिराएको छ । 


त्यस्तै राष्ट्र बैंकले तोके अनुसार विपन्न वर्ग कर्जा प्रवाह नगरेकामा सिटी एक्सप्रेस फाइनान्स, जानकी फाइनान्सलाई पनि कारबाही गरी हर्जाना तिराएको राष्ट्र बैंकले जनाएको छ । 


Author

थप समाचार
x