बैंक-वित्त

तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

इकागज |
कात्तिक ८, २०७८ सोमबार ११:२१ बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले वैधानिक तरलता अनुपातको नियामकीय आवश्यकता उल्लंघन गरेकोमा तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । 

नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा वैधानिक तरलता अनुपात अनुसार राख्नुपर्ने रकम नपुर्‍याएको भन्दै कारबाही गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । 


नेपाल बंगलादेश बैंक र प्रभु बैंक पहिलोपटक नियामकीय आवश्यकता उल्लंघन गरेकोमा कारबाहीमा परेका हुन् भने हिमालयन बैंकले वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात सम्बन्धी दुवै व्यवस्थामा नियामकीय आवश्यकता अटेर गर्दा कारबाहीमा परेकाे हाे । 

गत आर्थिक वर्षमा वाणिज्य बैंकका लागि ३ प्रतिशत अनिवार्य नगद मौज्दात र १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो । 


Author

थप समाचार
x