बैंक-वित्त

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

इकागज |
पुस ६, २०७७ सोमबार ११:३७ बजे

काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

पुस २७ मा बस्ने २८औं साधारणसभाले यसलाई अनुमोदन गर्नेछ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।


बैंकले कोरोना रोकथामका लागि ४ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । संस्थागत सामाजिक उत्तरदायित् अन्तर्गत खर्च गर्ने उल्लेख छ । यो रकम सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषसहित विभिन्न संघ संस्थाहरुलाई प्रदान गर्नेछ ।


Author

थप समाचार
x