मर्जरसँगै दुई लघुवित्तले आकर्षक लाभांश दिने
काठमाडौं : दुई लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । गाभिने प्रक्रियासँगै उनीहरुले आकर्षक लाभांश दिने भएका छन् । वोमी लघुवित्त र ग्रामिण स्वंयसेवक लघुवित्तले लाभांश दिने भएका हुन् ।
वोमी र ग्रामीण स्वंयसेवक लघुवित्तले एक आपसमा गाभिने सम्बन्धमा प्रतिवेदन आ-आफ्ना साधारणसभामा पेस गर्नेछन् ।
वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २८ मा बस्ने ९औं साधारणसभाले ८ करोड ३३ लाख ५४ हजार चार सय रुपैयाँ बोनस सेयर अनुमोदन गर्नेछ ।
संयुक्त मर्जर समितिले कायम गरेको संशोधित सेयर आदान प्रदान अनुपात (सेयर स्वजप रेसियो ) लाई एक बराबर एक पारित गरी मर्जरलाई स्वीकृत प्रदान गर्ने उल्लेख छ ।
वोमी लघुवित्तको बोनस वितरणपछि चुक्ता पुँजी ३६ करोड १२ लाख २ हजार ४ सय रुपैयाँ पुग्नेछ । ग्रामीण स्वयंसेवकको असारसम्मको चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ छ । मर्जर पछि ४० करोड ३२ लाख २ हजार चार सय रुपैयाँ कायम गरी एकिकृत कारोबार गर्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार ग्रामीण स्वयंसेवक लघुवित्तको संस्थापक सेयरधनीले राखेको 'कल इन एड्भान्स' मा रहेको ८७ लाख ४२ हजार रुपैयाँमा सेयरमा गाभेर ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँ कायम गर्ने र्ल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया