बैंक-वित्त

सहकारीको समस्या समाधान ब्याजदर बढाएर हुँदैन: मन्त्री श्रेष्ठ

इकागज |
पुस २३, २०७८ शुक्रबार १५:० बजे

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने बताएकी छन् । 

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले ब्याजदर बढाउने बिषय सहकारीको नीति बिपरित रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएकी हुन् । 


मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकोले त्यसलाई रोकिने स्पष्ट पारिन् । उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नवनाइने स्पष्ट पारिन् । 

केही सहकारीको बेइमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खराबी भए कारबाही र नीतिगत समस्या भए समाधान गर्न आफु तयार रहेको उनले बताइन् । 

मन्त्री श्रेष्ठले संस्थाको फाइदा भन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखिन् ।

 


Author

थप समाचार
x