बैंक-वित्त

बैैंकहरूको अर्ध–वार्षिक नाफा ३४ अर्ब, अघिल्लो वर्षभन्दा १०%ले बढी

इकागज |
माघ ११, २०७८ मगलवार २१:२ बजे

काठमाडौँ– सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो । 

बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको ग्लोबल बैंकले यसअघिका प्रतिस्पर्धी एनआईसी एसिया बैंक, नबिल बैंक तथा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई समेत नाफा आर्जनमा पछाडि पारेको छ । 


१६ बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् भने तीन बैंकहरू ग्लोबल, एनआईसी एसिया र नबिल बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा धेरै छ । यी बैंकका अतिरिक्त बढी नाफा गर्ने पहिलो पाँच बैंकमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक छन् । 

सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिभिल बैंकको नाफा ५० करोड ४० लाख रुपैयाँ रहेको छ । 

पहिलो पाँचपछि १ अर्ब बढी नाफा गर्ने अन्य बैंकहरूमा प्राइम, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, कृषि विकास बैंक, नेपाल बैंक, मेगा, प्रभु, सिटीजन्स, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र माछापुछ्रे बैंक रहेका छन् । 

कम नाफा आर्जन गर्नेमा सिभिलका अतिरिक्त बीओके, सेञ्चुरी, हिमालयन, सनराइज बैंक रहेका छन् । त्यस्तै, मध्यम नाफा आर्जन गर्नेमा कुमारी बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, एनबी बैंक र नेपाल एसबीआई बैंक रहेका छन् । 
 


Author

थप समाचार
x