ब्लग

दसैँमा नेपाली पोशाकको महत्व

सुमन थापा |
असोज २९, २०७८ शुक्रवार ७:१७ बजे

नेपालीहरूको महानचाड विजया दशमीमा प्राय: नेपालीहरूले नयाँ लुगा किन्ने गर्दछन् । नयाँ लुगा लगाउने, मिठो खाने, आफन्तहरू भेट्ने र आफूभन्दा ठूलाबाट आशिर्वाद लिने यस चाड आफैमा विशेष छ । अहिले बजारमा दसैँका लागि नयाँ लुगा किन्ने मानिसहरूको भिड छ । 

विभिन्न देशबाट विभिन्न डिजाइनका लत्ता कपडाहरू यही दसैँको लागि भित्रने गर्दछन् । वर्षभरी जे जस्तो लगाएपनि दसैँमा एकजोर नयाँ लुगा नभई त दसैँ नै मनाए जस्तो हुँदैन । आम नेपालीको मान्यता यस्तै छ । नयाँ लुगामा दसैँ मनाउने चलन मेरो परिवारमा पनि दशकौदेखि चल्दै आएको छ । हाम्रो बालापन पनि दसैँमा नयाँ लुगा, बत्ती बल्ने घडी, बत्ती बल्ने जुतासँग रमाएर बित्यो । 


मेरो पनि अहिलेसम्मका दसैँ विदेशी पोशाकहरू किन्दै र लगाउदै बित्यो । तर यसपाली दसैँ अगाडि अफिसमा एउटा कार्यक्रमको आयोजना भयो । उक्त कार्यक्रममा राष्ट्रिय दौरा सुरुवाल लगाउन अनिवार्य गरिएको थियो । अहिलेसम्म दौरा सुरुवाल नलगाएको म यस कुराले निकै उत्साहित भए । उत्साह र उमंगसँगै महान चाड दसैँमा हाम्रो राष्ट्रिय पोशाक लगाउने एउटा नयाँ सोच पलायो । 

राष्ट्रिय चाड राष्ट्रिय पोशाकमा मनाउँदा कस्तो होला भनेर लगाउँदा यो कुरा निकै उचित लाग्यो । अठोट साथ परिवारका तिन सदस्यहरू बुवा, म र मेरो छोराहरू लिएर दौरा सुरुवाल पसल गइयो । ७८ वर्षको मेरो बुवाले अहिलेसम्म राष्ट्रिय पोशाक लगाउनु भएको थिएन । राष्ट्रिय पोशाकमा मेरो बुवा र छोराहरू निकै राम्रा देखिए । हजुरबुवा, छोरा र नातीहरू तीन पुस्ता नै दउरा सुरुवालमा ठाटिएर हिडँदा देख्नेहरू पनि रमाए ।

दौरा सुरुवालमा सजिदा रमाएको म यसको बारेमा थोरै अध्यन गर्न मन लाग्यो । थोरै पढदा र अग्रजहरूसंग बुझ्दा यसबारे केही जान्ने मौका मिल्यो ।

तत्कालीन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले १९ औँ शताब्दिमा बेलायत भम्रण गर्दा दौरा सुरुवाललगाएका रहेछन् । त्यसबेलादेखि यस पोशाकले नेपालमा लोकप्रियता पाउदै गएको रहेछ । दौरा सुरुवालमा कोट लगाउने चलनपनि जंग बहादुरले नै भित्र्रयाएका रहेछन् । इंग्ल्याण्डकी रानीले जंगबहादुरलाई कोट उपहारमा दिएको र दौरा सुरुवालमा उक्त कोट लगाएपछि यो चलन चलेको रहेछ ।


Author

थप समाचार
x