ब्लग

नौ वर्षदेखि हराइरहेकी मेरी आमा

इकागज |
फागुन १७, २०७७ सोमबार १८:१ बजे

तेजकुमार दनुवार 

मेरो नाम तेजकुमार दनुवार (सानु) हो । गौरादह-५ झापा निवासी हुँ । अहिले काठमाडौं, कालीमाटी बस्छु । म आठ वर्षको हुँदा मेरी आमा यशोदा दनुवार साउदी अरब जानुभएको थियो । आमा जानुभएको दुई वर्षसम्म सम्पर्कमा हुनुहुन्थ्यो । 


यता बुवाले अर्को विवाह गरेको थाहा पाउनु भएपछि सम्पर्कविहीन हुनुभयो । बुवापट्टितिरकाले र आमापट्टितिरका कसैले पनि आमाबारे खोजखबर गर्नुभएन । आमालाई खोज्ने त सन्तानले मात्र रहेछ । 

अहिले म १७ वर्षको भएँ । मलाई आमाको धेरै नै याद आउँछ । धेरै माया लाग्छ । कहाँ हुनुहोला, कस्तो अवस्थामा हुनुहोला भनेर पिर मात्र लाग्छ । म मजदुरी गरेर हुर्किएँ । पढ्न पाइनँ मैले । यी आफ्ना कुरा मैले चिनेको दिदी निरुपा प्रसूनलाई लेख्‍न लगाएको हुँ । 

कसैले रवि लामिछानेको नम्बर पनि दिनुभएको थियो, फोन गरेँ र एसएमएस पनि गरेँ । त्यहाँबाट कुनै प्रतिक्रिया आएन । कहिले त काम गर्दागर्दै म रुन पुग्छु । म रोएर देखेर मान्छेहरु मलाई पागल भएछ समेत भन्छन् । मैले मसँग भएका आमाका दुई फोटो यहाँ राखेको छु । पक्कै पनि चिनिदिनुहोला कि कसैले त । 

मेरी आमा यशोदा दनुवारलाई कहीँ कसैले देख्नुभयो भने कृपया मलाई  ९८१५९७७१५४ नम्बरमा सम्पर्क गरिदिनुहोला । आमालाई भेट्न पाए मलाई अरु केही चाहिन्न । 
तेजकुमार दनुवार (सानु)


Author

थप समाचार
x