बालबालिका

अब मोटु पत्लु हेर्नुहोस् नेपाली भाषामा

इकागज |
भदौ ८, २०७९ बुधबार १८:४५ बजे

काठमाडौंँ– भारतीय एनिमेटेड टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा पनि प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिज डब गरेर प्रसारण गर्न लागेको हो ।

सन् २०१२ देखि भारतमा प्रसारण हुन सुरु भएको मोटु पत्लु नेपाली बालबालिकामा मात्रै नभएर युवाहरुले पनि निकै रुचाएको कार्टुन हो ।  उक्त टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जानकारी प्राप्त भएको छ । नेपाली बाल दर्शकले पहिलेदेखि नै यो सिरिज हिन्दी भाषामै हेर्दै आएका थिए ।



Author

थप समाचार
x